Logo

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज



काठमाडौं,माघ ९ । राष्ट्रिय सभा सदस्यमा आज निर्वाचन हुदैछ । राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार हुने निर्वाचनमा विहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ।

सातवटै प्रदेशबाट कुल १८ जना उमेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनेछन्। निर्वाचनमा दुई हजार ५६ मतदाता सहभागी हुने छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्