Logo

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वासको संकट



काठमाडौँ, ९ माघ । गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु(याइएका मात्रै के थिए, प्रहरीले तिनलाई नियन्त्रणमा लियो। चेकजाँच स्वाभाविक भए पनि प्रहरीले कागजपत्र मागेर आफैसँग राख्यो अनि खसिबोका लिएर जानेहरूलाई भैरहवातर्फ जान निर्देशन दियो।

दाङबाट बुटवलसम्म आइपुग्दा जताततै प्रहरीले चेकिङ भएको थियो। तर खैरनीमा भने प्रहरीले वैधानिक कागजपत्र खोसेर चोरी गरेर ल्याएको भन्दै खसीबोका नियन्त्रणमा लिएपछि व्यवसायी चकित भए। ‘हामीले नेपालमै खरिद गरेको भनेर कागजपत्र देखायौं, सबै प्रमाण देखाउँदा पनि प्रहरीले मानेन,’ दाङका व्यवसायी फिरोज कुरैसीले भने, ‘जबर्जस्ती चोरीको सामान भनेर मुचुल्का उठायो।’ प्रहरीले यसो किन ग(यो भन्ने मेसो नपाएका ती व्यवसायीका खसीबोका भोलिपल्ट लिलाम हुने अवस्थामा पुगिसकेको थियो। ‘प्रहरीले किन यति दुःख दियो भन्ने हामीले केही बुझेनौं, धन्य प्रमुख जिल्ला अधिकारी र भन्सार कार्यालय गएछौं,’ मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण पौडेलले भने, ‘किसानबाट वैधानिक रूपमा खरिद गरिएका खसिबोका लिलाम हुनबाट बच्यो।’ चोरी गरेर ल्याएको भनेर जबर्जस्ती प्रमाण जुटाउन खोजिएपछि व्यवसायीहरू प्रहरी संगठनप्रति सशंकित भएका थिए। प्रहरीले अवैध असुलीका लागि गरिएको त्यस्तो प्रपञ्च असफल भएको भएको व्यवसायीहरूले बताए।

पुस २५ गते सशस्त्र प्रहरीले रूपन्देहीको भैरहवाबाट चोरी गरी ल्याएको सुनसहित तीनजनालाई पक्राउ ग(यो। सशस्त्र प्रहरीले थप कारबाहीका लागि रूपन्देही प्रहरीलाई जिम्मा लगायो। जिल्ला प्रहरी कार्यालयले सुन तस्कारीको अभियोगमा मुद्दा अघि बढायो। तर, तीनजनामध्ये दुईजनालाई भने प्रहरीले सुटुक्क छाडिदियो। सात सय १६ ग्राम सुनसहित पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिका–२ का ३५ वर्षीय कयस महमद सेख, मायादेवी गाउँपालिका–५ का वर्ष २६ वर्षीय कमलेश उपाध्याय र सिद्धार्थ नगरपालिका–८ का ४२ वर्षीय बलराज गुप्ता थिए।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्