Logo

कोरोना भाइरस फैलिन नदिन चीनको वुहानमा यातायात र उडान सेवा बन्द



चिन, माघ ९ । चिनमा कोरोना भाइसरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्।

कोरोनाभाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू यसबाट प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ।

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ।अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभइ शहर नछोड्न निर्देशन दिएका छन्।

बीबीसीका अनुसार त्यहाँ बिहीबार बिहानदेखि चिनियाँ नयाँ वर्षको बिदा हुँदै छ । यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन्। यातायात बन्द हुँदा उनीहरुलाई समस्या पर्ने भएको छ ।कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।उनले भने, आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु। सबै प्रमाणहरूबारे विचारविमर्श नगरी त्यसो गर्नु उचित हुँदैन।ु

उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए।कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले आज दोस्रो बैठकको आयोजना गरेको छ। उक्त भाइसरबाट सङ्क्रमितहरू चीन र छिमेकी देशका साथै अमेरिकामा पनि भेटिइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्