Logo

५० जना नेकपा कार्यकर्ताद्वारा पार्टी परित्याग (विज्ञप्तिसहित)



काठमाडौं, माघ ९ । रसुवाका ५० जना नेकपा कार्यकर्तांले पार्टी परित्याग गरेका छन् । खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।

नेकपामा आबद्ध जिल्ला खेलकुद विकास समिति रसुवाका पूर्वअध्यक्ष तेम्पासिंगी तामाङ सहित ५० जनाले पार्टी परित्याग गरेका हुन्। खेलकुद विकास समितिमा सहमतिबेगर नयाँअध्यक्ष नियुक्त गरेको भन्दै तामाङ सहित ५० जनाले प्रेस विज्ञप्तिजारी गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्।

तामाङलाई नै अध्यक्ष पदमा पुनर्बाहली गर्ने सहमति भएकोमा अन्तिममा आएर धोका दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। तामाङले २०७२ सालदेखि हालसम्म जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा रहेर काम गरेका थिए।



प्रतिक्रिया दिनुहोस्