Logo

कोरियन भाषामा थप १ सय ३५ उत्तीर्ण



काठमाडौं, माघ ९ । सन २०२० का लागि सन २०१९ मा लिएको सीप परीक्षामा त्रुटी भएको भन्दै कोरियन मानव संशोधन विकास सेवा विभाग एचआरडीले नतिजा सच्याएको छ । एचआरडीले १४ मंसिरमा लिएको सीप परीक्षाको नतिजामा प्राविधिक समस्या भएको भन्दै पुनः परीक्षण गरी नतिजा सार्वजनिक गरेको छ ।

२०१९ मा ९२ हजार ३ सय ५६ जनाले आवेदन भरेका थिए । त्यसमध्ये ८४ हजार ३ सय ८ जना परीक्षामा सहभागी भएका थिए । उक्त भाषा परीक्षामा १२ हजार १० जनाले उत्तीर्ण भएका थिए । तर कोरियाले कुल १० हजार ५० जना नेपाली श्रमिक लैजाने कोटा निर्धारण गरेको थियो ।

भाषा परीक्षामा कोटाभन्दा बढी विद्यार्थी पास भए पनि सीप परीक्षणमा भने सबै पास हुन नसकेको इपिएस कार्यालयले जनाएको छ । एचआरडीले सार्वजनिक गरेको सीप परीक्षाबाट ६ हजार ७ सय ७३ जना मात्र उत्तीर्ण भएका थिए । जसमध्ये कृषि पशुपालन र निर्माण दुवैमा ४ हजार २ सय विद्यार्थी सीप परीक्षणमा अनुत्तीर्ण भएका थिए ।

एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्