Logo

‘लव आजकल–२’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)



मुम्बई, माघ ९ । बलिउड अभिनेत्री सारा अली खानको नयाँ फिल्म ‘लव आजकल–२’ को ट्रेलर रिलिज भएको छ। फिल्ममा उनी कार्तिक आर्यनसँग रोमान्स गर्दै देखिने छिन्। फिल्मको ट्रेलर निकै मन पराइएको छ।

अहिले साराका फ्यानका लागि खुसीको खबर आएको छ। साराले निर्देशक आनन्द एल रायको फिल्म साइन गरेकी छन्। यो फिल्ममा उनी राँझणा फेम साउथ स्टार धनुषको साथमा देखिने छिन्। फिल्ममा सारा अलग रूपमा देखिँदै छिन्। यो फिल्ममा उनी एउटी देहाती बिहारी युवतीको भूमिका निर्वाह गर्दै छिन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्