Logo

आस्था राउतलाई गिरफ्तार गरेरै छाड्ने प्रहरीको उद्घोष (भिडियोसहित)



काठमाडौं, ९ माघ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेश थापा क्षेत्रीले विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि गायिका आस्था राउतले दुव्र्यवहार तथा अभद्र व्यवहार गरेकोले उनलाई सोधपुछको लागि पनि पक्राउ गरिने स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता क्षेत्रीले यस्तो बताएका हुन् ।

थापाले संसारका कुनैपनि विमास्थलमा तातो पेय पदार्थ लिएर जान नमिल्ने सुनाए । उनले गायिका राउतले कफी लिएर गएकोले त्यसबारेमा छानबिन भैरहेको जनाए । आफूहरुले पाएको जानकारीअनुसार ड्युटीमा खटिएकी महिला प्रहरीको व्यवहारमा त्यति ठूलो खोट नदेखिएको थापाले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्