Logo

कोरोनाभाइरस र यसको लक्षण



चीनको उआन प्रान्तको समुन्द्री खाना पाउने बजारबाट उत्पन्न भएको भनिएको कोरोनाभाइरसले सँसारभर त्रास जन्माएको छ । चीनमा मात्र १७ जनाको ज्यान गइसकेको छ । अमेरिकामा पनि कोरोनाभाइरस देखिएको छ । सँसारभर पाँच सयभन्दा कोरोनाभाइरसको संक्रमण फेला परिसकेको छ ।

के हो कोरोनाभाइरस
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस भाइरसको एउटा समूह हो जसले सामान्य रुघा लाग्ने देखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउनसक्छ । जवानरबाट मानिसमा यस्तो भाइरस सर्न सक्छ ।

मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम मेरस र सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रम सारस गरी दुई प्रकारको रोगको संक्रमण गराउन सक्छ ।
मेरस बिरालो जस्तै देखिने सिभेट क्याटबाट सर्ने विश्वास गरिएको छ । सारस ऊँटबाट मानिसबाट सर्ने विश्वास गरिएको छ । अन्य प्रकाशका कोरोनाभाइरस पनि जनावरहरुमा सर्ने गर्छ तर मानिसमा देखिएको छैन ।

७ जनवरीमा चीनमा पत्ता लागेको कोरोनाभाइरसको नाम २०१९ एनसीओभी नाम दिइएको छ ।

रोगको लक्षण
कोरोनाभाइरसको संक्रमणपछि मानिसमा श्वासप्रश्वासको समस्या देखिने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने हुन्छ । निमोनियाको संक्रमण भई श्वासप्रश्वासमा कठिनाई भई किड्नी बिग्रेर ज्यान जानसक्छ ।

कोरोनाभाइरसको भ्यासिन अहिलेसम् मबनेको छैन । यसबाट बच्न संक्रमितहरुबाट टाढा रहने नै विकल्प देखिन्छ । चीनले रोग संक्रमण देखिएका क्षेत्रका मानिसहरुलाई अत्यावश्यक काममा बाहेक यताउता नहिंड्न भनेको छ ।-एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्