Logo

प्रदेश २ मा नेकपालाई राष्ट्रियसभामा दुई सिट



काठमाडौं, ९ माघ । राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले वर्चश्व बनाएको छ । प्रदेश नम्बर २ मा समेत नेकपाका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टीसँग चुनावी गठबन्धन गरेकोमा सोचेजस्तै नतिजा हासिल गरेको छ । प्रदेश दुईमा महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भइन् । दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भए ।

तुलसाले नेपाली काँग्रेसकी नगिना यादवलाई पराजित गरिन् । नगिनाले ४७४० मत ल्याउँदा तुलसाले ५२०८ मत ल्याइन् । मतान्तर कम भएको चुनावमा अन्र्तघातको विषय आएको थियो ।

दलिततर्फ समाजवादी पार्टीका रामप्रीत पासवानलाई पराजित गर्दै राधेश्याम पासवान विजयी भए । रामप्रीतले ४७०४ मत पाउँदा राधेश्यामले ५२९२ मत ल्याए । रामप्रीत पूर्व सांसद हुन् । उनी नेकपा छाडेर उपेन्द्र यादवको दलमा लागेका थिए ।



प्रतिक्रिया दिनुहोस्