Logo

राष्ट्रियसभा निर्वाचन : नारायणकाजी श्रेष्ठ १२ सय ६२ मतान्तरले विजयी



काठमाडौं, ९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय ६२ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।



प्रतिक्रिया दिनुहोस्