Logo

फोटो प्रकाशन गर्नेमाथि ह्यारीकी पत्नी मेगनको चेतावनी



टोरन्टो, माघ ९ । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी डचिड अफ सक्सिस मेगन मार्कनलले आफ्नो फोटो प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिएका छिन् । क्यानाडाका संचार माध्यममा पुर्व अभिनेत्री माकृलको फोटो प्रकाशित भएलगत्तै उनीहरुले अनुमति बिना आफ्नो फोटो खिच्ने र प्रकाशन गर्ने विरुद्ध कारबाही गर्ने चेतावनी दिएका हुन् । वकिलहरुका अनुसार पुर्व अभिनेत्री मार्कलका छोरा आफ्नो छोरा आर्चीलाई बोकेर कुकुर डो¥याउँदै हिडेको फोटो फोटोग्राफरले लुकेर खिचेका थिए ।

उनीहरुले अनुमती बिना फोटो खिचेर फोटोग्राफरहरुले दुव्र्यवहार गरेको आरोप लगाउँदै कानुनी कारवाही गर्न तयार रहेका बताएका छन् । क्यानाडा ब्रिटिश कोलम्बिया क्षेत्रमा बसोबास गरिरहेका उनीहरु फोटोग्राफरहरुको भिडबाट आर्जित भएको अनुमान गरिएको छ ।

वकिलहरुको अनुसार पापाराजीको निम्ती लामो दुरिको फोटो खिच्न सक्ने लेन्सको प्रयोग गरी घर भित्रको पनि फोटो खिच्ने प्रयास गरिसकेका छन् । ब्रिटिश कोलम्बियाको अनुसार उनीहरुले आफ्नो गोपनियता भंग गरेको अभियोगमा मुद्धा दायर गर्न सक्नेछन् । तर क्यानाडाली कानुन अनुसारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको छ । यसअघि पुर्व अभिनेत्री मार्कलले सो क्षेत्रमा छोरा आर्चीलाई दुई कुकुर संग हिँडिरहेको फोटो सार्वजनिक भएको थियो । सन् २०१६ मा राजकुमार ह्यारीले आफ्नी तत्कालीन प्रेमिका मेगनलाई दुव्यवहार गरेको भन्दै संचार माध्यमको आलोचना गरेका थिए ।

पेरिसमा पापपाराजी फोटोग्राफरहरुले मोटरसाइकलमा पछ्याइरहदा यसअघि उनकी आमा प्रिन्सेस अफ वेल्स डायनाको कार दुर्घटनामा सन् १९९७ अगस्टमा निधन भएको थियो । उनीहरुले राजपरिवारको भुमिका त्याग्ने घोषणा गरे लगत्तै सामाजिक संजालमा टिका टिप्पणी भएको थियो । पुर्व अभिनेत्री मार्कललाई व्यंग्य गरिएको ‘मेगिजस्ट’ र ‘मेगम मार्कल’ लगायत ह्यासट् याग सामाजिक संजालमा ट्रेन्ड्रिङमा आएका थिए ।

संचारमाध्यमहरुले आफुहरु बारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन संर्घष गर्नुपरेको बताएका छन् । पुर्वअभिनेत्री मार्कलले केही समयअघि बेलायतको एक पत्रिका विरुद्ध आफ्नो निजि पत्र प्रकाशन गरेको भन्दै मुद्धा हालेकी थिइन् । उनले आफ्नो पितालाई लेखेको पत्रको अंश ‘मेल अन सन्डे’ पत्रिकाले प्रकाशन गरेर गलत प्रचारवाजीका कारण आफुहरुले कानुनी उपचार गर्न बाध्य भएको जनाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्