Logo

शाहरुख र काजोल एकैसाथ हुने



भारतीय संचारमाध्यम अनुसार अभिनेता शाहरुख र अभिनेत्री काजोल फेरी एक साथ फिल्म खेल्ने भएका छन् । शाहरख खानले भने नयाँ फिल्मको घोषणा गरेका छैनन् । निर्देशक राजकुमारी हिरानीको नयाँ फिल्ममा अभिनेता खान र काजोल एकैसाथ देखिले सम्भावना बढेको छ ।

२०१५ मा रोहित सेठ्ठीद्धारा निर्देशित ‘दिलवाले’ फिल्ममा पछिल्लो पटक देखिएको यो जोडी फेरी एक साथ देखिने अनुमान गरिएको छ । निर्देशक हिरानीको अर्को फिल्ममा अभिनेत्री करिना कपुर अनुबन्धित भइसकेकी छिन् । निर्देशक हिरानीले काजोल र अभिनेता खानलाई फिल्ममा लिन इच्छुक भएपछि फिल्म युनिट दोधारमा परेको छ । हिरानीले उक्त फिल्ममा काजोल र करिना मध्ये एकलाई दिने वा दुवैले अभिनय गर्नेमा जानकारी गराएका छैनन् ।

उनले हालसम्म फिल्म र फिल्ममा आवद्ध हुने कलाकारहरको औपचारिक रुपमा घोषणा गरेका छैनन् । यसअघि उनले करिना कपुरसँग ‘थ्री इडियट्स’मा काम गरिसकेका छन् भने काजोलसँग पहिलो पटक काम गदैछन् । प्रेमकथा आधारित फिल्मको स्टोरी सुनेर अभिनेता खान र अभिनेत्री काजोल उत्साहित देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्