Logo

वंसन्त पञ्चमीको दिनमा कसरी गर्ने सरस्वतीको पुजा



वसन्त पञ्चमी सरस्वतीको जन्म दिन हो । यसदिन सरस्वतीमाताको पुजा गर्ने चलन वर्षौदेखि चलिआएको परम्परा हो । सृष्टि निर्माणको समयमा सरस्वती वसन्त पंचमीको दिन प्रकट भएकी मान्यता रहिआएकाृे छ । अन्तत यस दिनमा सरस्वतकिो जन्म दिनको रुपमा मनाउने गरिएको छ । यसैले सरस्वती मा लाई पुजा अर्चना र वन्दना गरिने प्रचलन रहेको छ । यस वर्ष वसन्त पंचमी २९ जनवरी २०२०, बुधवार देखि ३० जनवरी २०२० गुरुवार सम्म मनाउने चलन रहेको छ ।

कसरी गर्ने सरस्वतीको पुजा
वसन्त पञ्चमीको दिन सरस्वती पुजा गर्नको लागि पहिला सरस्वती माताको तस्वीर राख्नु पर्छ  । यसपछि कलश स्थापित गरी गणेश तथा नव ग्रहको विधिवत पुजा गर्नु पर्छ । त्यपछि माता सरस्वतीको पुजा गर्ने । सरस्वती माताको गर्ने समयमा सबैभन्दा पहिला आचमन वा स्नान गराउने , यसपछि मातालाई फुल एंव माला चढाउने  सरस्वती माताको सिन्दुर एंव श्रृंगारका वस्तु चढाउनुपर्छ ।

वसन्त पञ्चमीको दिन सरस्वती माताको चरणमा गुलाब चढाउनुपर्छ । देवी सरस्वती सेतो वस्त्र धारण गराउनु पर्छ । त्यसैले उनलाई सेतो वस्त्र लगाइदिनु पर्छ ।
सरस्वती पुजाका अवसरमा माता सरस्वतकिो पहेलो फल चढाउनु पर्छ । प्रसादको रुपमा मौसमी फल चढाउनु पर्छ । यस दिन सरस्वती मातालाई पुरी र खीरका भोग लगाउनु पर्छ ।

सस्वती माताको नाममा उक्त दिन हवन गर्नुपर्छ । हवनका लागी भसमि मा सवा हात चारै तिर नापेर एक स्थानमा गर्नु पर्छ । त्यस ठाउँमा गँगाजल छरेर पवित्र बनाउनु पर्छ । यसरी पविद्दत्र गरेपछि साना साना केटिहरुबाट दिप प्रज्वलित गराउनु पर्छ । हवनकोे समयमा गणेश र नवग्रहको नाम सहित काठ हवन गराउनु पर्छ ।
सरस्वती माताको नामबाट ‘ऊँ श्री सरस्वतयै नमः स्वाहा’ यस मन्त्रबाट १०८ हवन गनुपर्छ ।
हवनपछि सरस्वती माताकोआरती गरी र हवनमा आगो लगाउनु पर्छ । यसरी पुजा गर्दा सरस्वती देवीको आर्शिवाद प्राप्त हुने गर्छ ।



प्रतिक्रिया दिनुहोस्