Logo

राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा दुवै जना नेकपाबाट विजयी



काठमाडौं, ९ माघ । आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनको मतपरीणाम धमाधम आईरहेको छ । कर्णाली प्रदेशबाट दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । नेकपाका मायाप्रसाद शर्मा अन्यबाट तीन हजार ६४८ मतभारका साथ विजयी भए ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे । उता, महिलातर्फ नेकपाकै सुमित्रा विसी तीन हजार ६८४ मतका साथ विजयी भइन् । उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ ल्याइन् । photo source: social media 



प्रतिक्रिया दिनुहोस्