Logo

सुगन्धले दिमागलाई असर गर्छ



मावन समाज आदिकालबाट नै आफ्नो आसपासको वातावरणको ताजा बनाउन विभिन्न प्रकारका वस्तुहरुको जर्मको गरिन्छ । वास्तुशास्त्रमा यी वस्तुका विशेष महत्व रहेको छ । सुगन्ध आउनुमा प्रकृतिले पनि निकै सहयोग गरेको हुन्छ । विभिन्न प्रकारका रुख, जडिबुटी , फल–फुलमा पनि सुगन्ध आउन सक्छ । विभिन्न माध्यमबाट सुगन्ध प्राप्त हुने गर्छ । यसरी केही विशिष्ट सुगन्धका प्रयोग विश्वका सबै ठाँउमा फरक–फरक तरिकाले गरेका पाइन्छ ।

प्राचीन समयमा राजामहाराजाले आफ्नो सु्न्दर महलमा, कपडामा , विभिन्न. कक्षमा, मुख्य ढोका आदीमा फरक–फरक अवसरमा सुगन्धित बनाउँथे । यसको प्रयोगले आफ्नो वरपरका वातावरण ताजा बनाई राख्ने गर्छ ।
विवाह गर्ने केटीहरुको कोठा अगाडी पहेलो रंगको फुलहरु सजाउदा उनीहरुलाई विवाहको राम्रो प्रस्ताव आउने विश्वास रहेको छ । त्यसैले गुलाबलाई  शान्तीको प्रतिक र यसको मादक वास्नाले दुव्र्यसनलाई हटाई प्रकृतिमा मिठासलाई घुलमिल बनाउछ र यसले सम्बन्धको भावना दिन्छ ।
घर परिसरमा विभिन्न प्रकारका सुगन्धहरु प्रयोग गरेर उर्जाको स्तर बढाउन सकिन्छ । त्यस घरमा नकरात्मक उर्जाको उपस्थितिको मात्रालाई हानिकारक प्रभावहरु नियन्त्रण गरेर परिवर्तन गर्न सकिन्छ ।

त्यस्तै विभिन्न व्यवसायिक भवनमा हानीकारक उर्जाबाट बँच्न बिहानको पुजाका लागी विििभन्न प्रकारका सुगन्ध सिदने फुल, चन्दन र गुलाब आदीको जर्गेना गनुपर्ने देखिन्छ । धुपको बास्ना दिनु अझ राम्रो मानिन्छ ।
घर भित्र घरमा नै बनाएको घ्युबाट वत्ती बालेमा सात्विक र प्राकृतिक उर्जा प्राप्त गर्न सकिने विश्वास रहेको छ । विहान धुप बाल्दा मनमा आराम प्राप्त हुन्छ । यस्तो सुगन्धको प्रयोगले हामीलाई अल्छी र निन्द्राको भावना दिने हुनाले भिड्भाडर धेरै मेशिन चल्ने ठाउँमा प्रयोग गर्नु हुदैन ।
तर, साझमा भने प्रयोग गर्न सकिन्छ । यदि घरका सदस्यलाई कुनै कारणले तनाव भएमा हप्तामा एक ादिन धुपको प्रयोग गरी राहत पाउन सकिन्छ । घरको कुनै स्थानमा घाम पुग्दैन भने काफरको केक राखेर सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ ।
वास्तुशास्त्रका अनुसार आवासिय वा व्यवसायीक भवन बनाउनुपर्छ होइन भने नकरात्मक उर्जा आउने हुन्छ । ंवास्तुअनुसार निमाृण गरेमा सकरात्मक उर्जा आई जीवन खुशी रहन्छ ।

हामीले घरका रोप्ने तुलसीमा माइक्रो तत्व पर्याप्त हुनाले नकरात्मक उर्जा ग्रहण गर्ने क्षमता धेरै हुन्छ । त्यसैले तुलसी रोप्नुपर्छ ।
शिवलिंग , पिरामिड, जप , अांैठी आदीले ग्रहको नकरात्मक प्रवाह कम गरी खुशी र समृद्धिको मार्ग खोल्ने गर्छ । माटोबाट उत्पादित सुगन्धित सुगन्धमा सबै प्रकारका तनावलाई कम गर्ने अद्भुत गुण हुन्छ । बिहानको शितले प्राकृतिक सुगन्धले दृष्टि बढाउन र डिसफंक्शन कम गर्दछ ।
फुलहरुको सुगन्धले प्राकृतिक औषधी जस्तो हानी नगरी सबै प्रकारका रोगहरुको उपचार गर्न सक्छ । प्राचीन समय देखि नै प्रियजनहरुलाई फुल र फुलबाट बनाएका सजावटका सामानहरु विशेष व्यक्तिलाई दिने गरिन्छ । सम्भव भएसम्म कृतिम सुगन्धलाई छोडेर प्राकृतिक सुगन्धलाई प्रयोग गरौ ।



प्रतिक्रिया दिनुहोस्