Logo

राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा नेकपाका शर्मा, घिमिरे र भट्टराई विजयी



तुल्सीपुर, ९ माघ । आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतपरीणाम आउने क्रम जारी छ । दाङमा भएको निर्वाचनमा प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्।

हाम्रा सहकर्मी शरद रेग्मीका अनुसार सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्।

उनले दाङको निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए। राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौ जना बीचमा प्रतिपर्धा भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot