Logo

राष्ट्रियसभामा नेकपाको वर्चश्व, राजपालाई दुई सिट (विजेताको सूचीसहित)



काठमाडौं, ९ माघ । राष्ट्रिय सभा निर्वाचनमा सातमध्ये छ प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्लिनस्विप बनाएको छ । चुनावी नतिजा अनुसार प्रदेश १, बागमती, प्रदेश ५, गण्डकी, कर्णाली र सुदुरपश्चिममा नेकपाले क्लिन स्वीप गरेको हो । प्रदेश २ मा राष्ट्रिय जनता पार्टीसँग गठबन्धन गरेकोमा नेकपा राजपाको संयुक्त उम्मेदवारहरुले जीत हासिल गरेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवारहरुले कहीं पनि जित हासिल गर्न सकेनन् । प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग गठबन्धन गरेपनि हार व्यहोर्यो । कुल छ दलले उम्मेदवारी दिएकोमध्ये नेकपा र राजपाका उम्मेदवारहरु मात्र विजयी हुन सफल भए । प्रदेश १ मा तीन, प्रदेश २ र बागमती प्रदेशमा २, प्रदेश ४ मा दुई, प्रदेश ५ मा तीन, प्रदेश ६ र ७ मा दुई दुई गरी कुल १८ सिटका लागि आज मदनान भई साँझ मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेश १
इन्दिरा गौतम, नेकपा
गोपीबहादुर सार्की अछामी, नेकपा
देवेन्द्र दाहाल, नेकपा

प्रदेश २
तुलसा दाहाल, नेकपा
राधेश्याम पासवान, नेकपा
शेखर सिंह, राजपा
मृगेन्द्र सिंह यादव, राजपा

बागमती प्रदेश

वेदुराम भुषाल,नेकपा

गंगा बेलवासे,नेकपा

गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ, नेकपा
भगवती न्यौपाने, नेकपा

प्रदेश ५
विमला घिमिरे, नेकपा
जगप्रसाद शर्मा, नेकपा
गोपाल भट्टराई, नेकपा

कर्णाली प्रदेश
मायाप्रसाद शर्मा, नेकपा
सुमित्रा बीसी, नेकपा

सुदुरपश्चिम प्रदेश
तारामान स्वाँर, नेकपा
शारदा भट्ट, नेकपा



प्रतिक्रिया दिनुहोस्