Logo

एउटै जिल्लामा ५८ करोडको सुन्तला



काठमाडौँ, १० माघ । सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए । यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ ।

यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बगैँचा छन् । यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए ।
सुन्तला सुपरजोन
स्याङ्जामा सुपरजोनको कार्य क्षेत्रमा ३८ करोड २१ लाख ४१ हजार ४४० रुपियाँको सुन्तला फलेको हो भने अन्य कृषि ज्ञान केन्द्रले हेर्ने क्षेत्रमा फलेको हो । यहाँ सुपरजोनको क्षेत्रमा पुतलीबजारमा २० करोड ४३ लाख ४५ हजार छ सय, भीरकोटमा नौ करोड ५८ लाख २८ हजार ६४०, अर्जुन चौपारीमा चार करोड १२ लाख ९१ हजार ४०, वानपामा चार करोड २२ लाख ४६ हजार ७२० रुपियाँको सन्तला उत्पादन भएको हो ।

यहाँ सुपरजोनले एक हजार ३४६.२७ हेक्टर र ज्ञान केन्द्रले ६४३.७३ हेक्टरमा हेर्ने सुन्तला सुपरजोनका प्रमुख मदन कुँवरले बताए । एघार हजार ४५६ घरधुरी कृषक सुन्तला उत्पादनमा सक्रिय रहेकामा यहाँ दुई हजार नौ सय सानाठूला सुन्तलाका बगैँचा र पाँच लाख ९७ हजार बिरुवा रोपण गरिएको छ । यहाँ उत्पादित सुन्तलामा २० प्रतिशत जिल्लाभित्रै खपत भएको हो भने अन्य सुन्तला पोखरा, बुटवल, नारायणगढ र काठमाडौँमा बिक्री भएको किसानले जनाएका छन् । यहाँका कृषकले सुन्तलाबाट एक वर्षमा पचास हजारदेखि २२ लाख रुपियाँसम्मको सुन्तला बिक्री गरेका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्