Logo

लोकप्रिय बन्दै पातमा बनेका आकृति



काठमाडौं, माघ १० । पिपलको पातमा बनाइएका विभिन्न आकृतिहरू सामाजिक सञ्जालमा लोकप्रिय हुँदैछन्। नेपाल भ्रमण वर्ष– २०२० को अवसर पारेर पातका तयार गरिएको ‘भिजिट नेपाल २०२०’ को सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र ट्वीटर लगायतमा लोकप्रिय हुँदै गएको छ।

कलाकार इशान मर्हजन सामाजिक सञ्जाल लोकप्रियता हुँदै गरेको पातमा विभिन्न कला तयार गर्न सक्रिय छन्। पातमा ‘भिजिट नेपाल २०२०’ तयार गरेका उनी भन्छन्, ‘नेपाल भ्रमण वर्षको लोगोले सामाजिक सञ्जालमा चर्चा पाउँदै गर्दा पिपलको पातका मैले यसको आकृति बनाएर सामाजिक सञ्जालमा राखेको थिएँ। यसलाई सबैले मनपराएको प्रतिक्रिया पाइरहेको छु,’ उनले भने।

सामाजिक सञ्जाल इन्स्टाग्राममा पातमा तयार भएका आकृति देखेपछि उनले त्यहीअनुसार कोशिस गरेको बताए। ‘पिपलको पातमा विभिन्न आकृति तयार गरेको फोटोहरू देखेपछि आफैंले कोशिस गर्न मनलग्यो। पिपलको पात नपाएपछि मनि प्लान्टको पातका आकृतिहरू तयार गर्न कोशिस गरें,’ उनले भने। उनले पातबाट तयार गरेको बुद्धको आकृति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

उनका अनुसार पातमा आकृति तयार गर्दा आर्कषक देखिएपनि यसलाई बनाउन र सुरक्षित राख्न गाह्रो हुन्छ। उनले पातमा ¥यापर यमबुद्धलगायत विभिन्न व्यत्तित्वहरू आकृति तयार गरिसकेका छन्। हाल डेनमार्कमा रहेका उनले यो कला करिब डेढ वर्षअघि नेपालमा सिकेका थिए।

पातका विभिन्न आकृति तयार गर्ने चितवनका अर्का कलाकार निरज दाहालका कलाहरू सामाजिक सञ्जालमा उत्तिकै मनपराइएको छ। उनले विभिन्न स्रष्टा र नेपालको सुन्दर आकृतिलाई पातमा उतारेका छन्।

नेपालका कला समिक्षकहरूले पातमा तयार गर्ने कलालाई नौलो प्रयासको रूपमा लिएका छन्। यसलाई कलाकारिताको एउटा विधा भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कला समिक्षक रमेश खनाल बताउँछन्। उनका अनुसार पछिल्लो समय विभिन्न किसिमका पातमा कलाकारिताको अभ्यास देखिएको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्