Logo

सात छोराछोरी सुरक्षा फौजमा



काठमाडौं, माघ १० । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ ।
उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत रहेका छन् । गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका छन् ।

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीको भनाई रहेको छ । उनले छोरा छोरीको योगदानले आफु सम्मानित हुँदा योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ? प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्