Logo

यसकारण खानुहोस् करेला



काठमाडौं, माघ १० । करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी, म्याग्नेसियम, फोलेट, जिंक, फस्फोरस, आइरन, फाइबर, क्यालोरी, क्यारोटिन, क्याल्सियम र पोटासिम पाइन्छन्, जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

करेलामा इन्सुलन पाइन्छ ।

करेलाबाट डायबेटिजका रोगीलाई लाभ मिल्छ ।

आन्द्रामा ग्यास उत्पन्न हुने समस्या भएकाहरूका लागि पनि करेला गुणकारी छ ।

शरीरभित्र हुर्किने विभिन्न कीटाणुलाई करेला खाएर सफाया गर्न सकिन्छ ।

करेला खानाले शरीरमा रहेको अनावश्यक बोसो कम हुन्छ । जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, रक्तसंचार पनि राम्ररी हुन्छ ।

करेला खाने गर्नाले क्यान्सर लाग्ने जोखिम कम हुन्छ । साथै, ल्युकेमिया र रगतसम्बन्धी रक्तअल्पताजस्ता समस्या लाग्ने जोखिम पनि कम हुन्छ ।

कसले खानु हुँदैन?
रक्तचाप कम हुनेले नियमित खानु हुँदैन ।
डायबेटिजको औषधि खानेले पनि नियमित खानु हुँदैन ।
गर्भवती महिलाले बढी मात्रामा करेला अथवा यसको जुस खानु हुँदैन ।



प्रतिक्रिया दिनुहोस्