Logo

रेलमा लगानी नेपालको मात्रै



काठमाडौं, माघ १० । नेपालमा रेल सञ्चालन गर्दा विदेशी लगानी भित्र्याउन नपाउने भन्दै रेल विधेयकमा संशोधन परेको छ। सहमतिका आधारमा नेपालमा विदेशी रेल चलाउन पाउने र नेपालको रेल विदेशमा पनि चलाउने व्यवस्था विधेयकमा छ। तर नेपालको लागि रेल खरिद नेपाली नागरिकबाट मात्र हुनुपर्ने विषयमा सांसदले संशोधन प्रस्ताव राखेका छन्।

सरकारले संसद्मा ल्याएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी लगानीबाट पनि रेल खरिद गर्न सकिने व्यवस्था गरिएको छ। पुस १८ गते राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकमा संशोधन धेरै मात्रामा परेपछि राष्ट्रियसभाको विधायन समितिमा छलफलका लागि पठाइएको छ। रेल विधेयकमा संशोधनका क्रममा ८० भन्दा बढी संशोधन परेका छन्।

सांसद राधेश्याम अधिकारी, ठगेन्द्र प्रकाश पुरीसहित २० सांसद्ले संयुक्त रूपमा संशोधन हालेका छन्। कुनै पनि सरुवा रोग लागेको, मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई रेलमा यात्रा गर्न इन्कार गर्ने विषय विधेयकमा राखिएकाले यसलाई संशोधन माग गरिएको छ। यस्ता व्यक्तिलाई छुट्टै व्यवस्था गरेर यात्रा गर्न सक्ने व्यवस्था राख्नुपर्ने भन्दै सांसदले संशोधन दर्ता गरेका छन्। विधेयकले अधिकतम मात्रै दण्ड सजाय गरेकाले न्यूनतमको व्यवस्था पनि राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता भएको छ।

रेल्वेसम्बन्धी सबै प्रकारका सम्झौता सदनबाट पास हुनुपर्ने पनि संशोधन प्रस्तावमा उल्लेख छ। रेलवे सञ्चालनका लागि भौत्तिक पूर्वाधार मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा रेल्वे बोर्ड र बोर्डको तर्फबाट सम्पूर्ण काम गर्नका लागि भौतिक मन्त्रालयका सचिवको नेतृत्वमा कार्यकारी समिति गठन हुने व्यवस्था विधेयकमा रहेको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot