Logo

बुढानिलकण्ठमा कांग्रेस नेताहरु भेला, महाधिवेशन कार्यतालिकाबाहेक सबैमा देउवा लचक



काठमाडौं, १० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक कलह र विवाद मिलाउनको लागि भन्दै शीर्ष नेताहरु आज विहानै सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा भेला भएका छन् ।

स्रोतकाअनुसार उक्त बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहपनि उपस्थित् छ । पछिल्लो समय सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच विवाद भएको थियो । केन्द्रिय कार्यसमिति बैठकबाट एक्लो निर्णय गरेको भन्दै बरिष्ठ नेता पौडेल समुहले पार्टीका अन्य महत्वपूर्ण बैठकहरुसमे बहिष्कार गर्दै आएको थियो ।

आजको छलफलमा भने पौडेल समूहले उठाएका सबै माग पूरा गराउन सभापति देउवा तयार भएको बुझिएको छ । तर, देउवाले महाधिवेशनको मुख्य कार्यतालिका (फागुण ७ देखि फागण १०) सार्न नसकिे स्पष्ट पारेका छन् । महाधिवेशनको मुख्य कार्यतालिकाबाहेक अन्य सबै मागमा देउवा लचक भएका छन् ।

कतिसम्म भने देउवाले नेविसंघको तदर्थ समितिमा समेत पौडेल समूहलाई ५० प्रतिशत दिनेपनि तयारी गरेका छन् । आजको बैठकमा सभापति देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, रमेश लेखकलगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्