Logo

नेपाल वायु सेवा निगममा राजनीति गर्ने पाईलटहरुलाई कारबाही गर्ने चेतावनी



काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमका पाईटलहरुले सामूहिक राजीनामा दिएको भन्ने समाचार नै गलत भएको पुष्टि भएको छ । निगममा कार्यरत बरिष्ठ पाईलटहरुले दिएको जानकारी अनुसार २५ जनाले राजीनामा दिएको भन्ने समाचारमा सत्यता छैन् । बरु, उनीहरुले तलब बढाउनको लागि आन्तरिक दबाब सिर्जना गर्दै बार्गेनिङ गरेको बुझिएको छ ।

हुन त उनीहरुले स्वदेशी तथा विदेशी पाईलटहरुको सेवा सुविधा समान हुनुपर्ने आग्रह गरेका छन् । उनीहरुको ती माग जायज नै रहेको कतिपयको धारणा छ । स्वदेशी तथा विदेशी पाईलटबीच सेवा–सुविधामा समानता नल्याए काम गर्न मनोबल घट्ने उनीहरुको भनाई छ ।

हाल निगमको न्यारोबडी र वाइडबडी जहाजमा कार्यरत विदेशी पाइलटले मासिक कररहित १० देखि १३ हजार डलर पारिश्रमिक पाइरहेका छन् भने नेपाली पाइलटले मासिक पाँच हजार डलरसम्म पारिश्रामिक पाउँदै आएका छन् ।

पाएको पारिश्रमिकमा ३६ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने प्रावधान रहेको छ । निगम सञ्चालक समितिले भने पाईलटहरुले यस्तो दबाब दिनु गलत भएको निश्कर्ष निकालेको छ । राजनीति गर्न खोज्ने पाईलटलाई कारबाही गर्नुपर्ने पनि माग उठिरहेको छ ।

एयरलाईन्सजस्तो संवेदनशील क्षेत्रमा कार्यरत पाईलटहरुलेनै स्वार्थमा परेर राजीति गर्न सर्वथा अनुचित मानिन्छ । वायु सेवा निगममा कार्यरत पाईलटहरुले पछिल्लो समय (राजीनामा) को नाटक गरेर राजनीति गर्न खोजेको पनि बुझिएको छ ।

उनीहरुमाथि विभागीय मन्त्रीको हैसियतले वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ध्यान दिन जरुरी छ । राजनीति गर्नेहरुमाथि अनुशन्धान गरेर कारबाही अघि बढाउनुपर्ने निगमभित्र बाटै पनि आवाज उठ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्