Logo

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं, १० माघ । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुखका उमेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।

त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न समेत माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरेर अनुसन्धान थाल्न पनि उनले माग गरेका छन् । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस्