Logo

पूर्व विश्व नम्बर एक सेरेना चिनियाँ कियाङसँग स्तब्ध



२३ पटक ग्रान्डस्लाम जितिसकेकी पूर्व विश्व नम्बर एक टेनिस स्टार सेरेना विलियम्स अष्ट्रेलियन ओपनको तेस्रो चरणमा स्तब्ध भएकी छिन् । आज भएको रोमाञ्चक खेलमा ३८ वर्षीय सेरेना चिनियाँ खेलाडी वाङ कियाङसँग पराजित भएकी हुन् ।

३८ वर्षीया सेरेनो पहिलो सेट गुमाएपनि दोस्रो सेटमा खेलमा फर्किइन् । कठिनका साथ खेलमा फर्किएपनि तेस्रो सेट गुमाउन पुगिन् । खेल ६-४, ६-७ र ७-५ ले कियाङको पक्षमा गयो । २४ औं ग्रान्डस्लाम जितेर रेकर्ड कायम गर्ने उद्देश्यमा रहेकी विलियम्स अष्ट्रेलियन ओपनको तेस्रो चरणमै बाहिरिएपनि किर्तिमानतर्फ बढिरहेको बताइन् । वाङले ट्युनिसियाकी ओनस जाबुरसँग खेल्नेछिन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्