Logo

अग्नि सापकोटाको जीवनमा आएको आरोह अवरोह



काठमाडौं, १० माघ । नेपाली काँग्रेसले उम्मेदवारी नदिएको र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समर्थनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य अग्नि सापकोटा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा १२ माघमा हुनेछ । मंगलवार प्रतिनिधिसभाको सभामुख पदका लागि सापकोटाले नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङको प्रस्ताव र पूर्व सभामुख ओनसरी घर्ती, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ तथा राजपा नेता लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दिएपछि उनका विरुद्ध कसैले उम्मेदवारी दिएनन् ।

सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा निर्वाचित सापकोटा विगतदेखि नै प्रचण्डनिकट हुन् । यसैबीच सापकोटा र्निविरोध सभामुख हुने भएपछि उनको समर्थन र विरोध गर्नेको समूह सक्रिय हुन थालेका छन् ।

काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोपमा सापकोटाविरुद्व परेको मुद्दा हाल सर्वोच्च अदालतमा छ । संवैधानिक इजालसमा रहेको सो मुद्दाको यही २२ गते पेशी छ । उनलाई सभामुख बनाउन लागिएको भनी यसैलाई आधार बनाएर विरोध मच्चिएको हो । अर्जुन लामाकी श्रीमती पूर्णिमायाले सापकोटाविरुद्व २०११ जुन २० मा मुद्दा दायर गरेकी हुन् । ४८ वर्षीय लामालाई २०६२ वैशाख १६ गते काभ्रे जिल्लाको छत्रेवास गाउँ विकास समिति–६ का तीनजना माओवादी कार्यकर्ताको समूहले छत्रेवास–१ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयपरिसरबाट अपहरण गरी सापकोटाको निर्देशनमा जिल्लाको बुढाखानी गाविसनजिकैको माओवादी सेनाको सैनिक प्रशिक्षण केन्द्रमा लगी हत्या गरिएको पूर्णिमायाको जिकिर छ ।

अग्निः त्यहाँदेखि यहाँसम्म
ड्ड जन्म मिति-स्थानः २०१४ फागुन २४, कुविण्डे, सिन्धुपाल्चोक,
ड्ड बाबुआमाको नामः धनपति/तिलमाया सापकोटा
ड्ड स्थायी ठेगानाः चौतारा साँगाचोकगढी–४
ड्ड शैक्षिक योग्यताः स्नातक, त्रिभुवन विश्वविद्यालय
ड्ड पारिवारिक स्थितिः श्रीमती, तीन छोरा
पेशा र अनुभव
ड्ड १५ वर्ष अध्यापन, (७ वर्ष माविको प्रधानाध्यापक)
पार्टी सदस्यता मिति र दलको नाम
ड्ड वि.सं. २०३५ नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारी
ड्ड स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
राजकीय जिम्मेवारी
ड्ड वि.सं. २०६४चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा सक्रिय ।
ड्ड वि.सं. २०६८– वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री
ड्ड वि.सं. २०७०– सिन्धुपाल्चोक–२ वाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा माओवादीबाट विजयी एकमात्र सांसद ।
ड्ड वि.सं. २०७३– नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
ड्ड वि.सं. २०७४– प्रतिनिधिसभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद् सदस्यमा विजयी
संक्षिप्त राजनीतिक जीवन
ड्ड वि.सं. २०२९– मा विद्यार्थी संगठनमा आबद्ध
ड्ड वि.सं. २०३५– पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)
ड्ड वि.सं. २०३७– शिक्षक संघर्ष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष
ड्ड वि.सं. २०४८– मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य
ड्ड वि.सं. २०५१– मा नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा माओवादी केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत
ड्ड वि.सं. २०५२– फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिटब्युरो सदस्यमा निर्वाचित
ड्ड वि.सं. २०५८– पार्टीबाट गठित त्रिसदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी
ड्ड वि.सं. २०६२– चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली तीन ठाउँमा लागी गम्भीर घाइते
ड्ड वि.सं. २०६९– माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनवाट पोलिटब्युरो सदस्य
ड्ड वि.सं. २०६९– साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टी केन्द्रीय प्रवक्ता
ड्ड वि.सं. २०७१– मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
ड्ड वि.सं. २०७३– नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
ड्ड वि.सं. २०७५– नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य
ड्ड वि.सं. २०७६– सभामुखमा नेकपाका तर्फबाट उम्मेदवार



प्रतिक्रिया दिनुहोस्