Logo

सम्पदा क्षेत्रमा मासु विक्रि वितरण निषेध



काठमाडौ , १० माघ । विश्व सम्पदा सुचीकृत स्थलको सैरक्षणका लागी मदिरा र मासु बेचबिखन गर्न नपाइने भएको छ । लुम्बिनी लगाएत काठमाडौ उपत्यकाको दरबार स्क्वायर, चाँगुनारायण र पशुपति बौद्धनाथ क्षेत्रबाट मदिरा र मांस विक्रिवितरणमा पुरातत्व विभागले रोक लगाएको छ ।

पुरातत्व विभागका महानिर्देशक दामोृदर गौतमाले नेपाल भ्रमण वर्षमा संवेृदनशिल पर्यटकको आवनगमन पनि हुने हुनाले यी क्षेत्रबाट मांस र मदिरा हटाउन आवश्यक रहेको बताएका छन् । लुम्बिनीमा भने यो कार्यन्यन भइसकेको छ । अब बाकी रहेका क्षेत्रलाई सम्पदाको भावना र मर्म अनुरुप राख्न उसको विक्रि वितरण रोकक्न तयारी गरिएको बताए ।

पशुपति क्षेत्रमा पशुपति क्षेत्र विकास कोषले स्थानिय वडा कार्यालयसँग परामर्श सकेको छ भने वडा न. ७ ले पनि सामुदायिक प्रहरीको समन्वयमा यसको अध्ययन सकेको छ ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार पशुपति क्षेत्रलाई सात्विक रुपमा राख्ने र समस्त हिन्दुको गन्तव्यको रुपमा लागिनेछ , त्यसक्रममा सार्वजनिक स्थान आगेटिएका अव्यवस्थित फुल पसल पनि हटाइने छ । वनकालीका यस्ता टहरालाई कोषले हटाएको छ । काठमाडौ महानगरपालिका–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार भण्डारेश्वर महादेव आसपास देखि सिफल हुदै जयवागेश्वरी र भुवनेश्वरी तथगा चाबहिल धन्देदय चैत्य आसपासका मांस–मदिरा पसल हटाउने विषयमा टोलबासीसँग पनि परामर्श थालिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्