Logo

माघको तेस्रो सातामा चितवन प्रिमियर लिग हुने



भरतपुर , माघ १० । चितवनकोे नारायणी स्थित क्याम्पमचौरमा माघ १७ देखि २५ सम्म चितवन प्रिमियर लिग हुने भएको छ । नारायणी एड्र्भटाइजिङ एन्ड इभेन्टस्को आयोजना र चितवन क्रिकेट संघ को सह–आयोजनामा हुन गइरहेको सो प्रतियोगितामा पाँच टिमाको सहभागिता रने विहिबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लिग चरणमा खेलाइने प्रतियोगिताका केही खेल चितवनसँगै नेपालकै शानका रुपमा निर्माणधीन गौतम बृद्ध अन्र्तराष्ट्रिय क्रिकेट रगंशालाका रहेको नमुना क्रिकेट खेल मैदानमा आयोजना गरिने बताइएको छ । जसले गर्दा रंगशालामा निर्माणका लागी थप सहयोग मिल्ने आयोजक संस्था इभेन्टका अध्यक्ष राजु चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीले प्रतियोगिताको तयारी तीव्र गतीमा भइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा भरतपुर गुर्खाज। माडी टाइगर्स , इच्छाकामना वारियर्स। सौराहा स्यान्ड्स र राप्ती ¥यापिड्स प्रतिस्पर्धामा गर्दै छन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ , ट्रफी , मेडल र उपविजेृताले एक लाख रुपैयाँ , ट्रफी र मेडल पुरस्कार पाउने पत्रकार सुम्मेलनमा जानकारी दिए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्