Logo

अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने



काठमाडौ, १० माघ । नेपाल मार्सल आट्र्स हाप्किडो संघ केन्द्रिय समितिको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । आगामी माघ ११ र १२ गो दुई दिन हसने सो सेमिनारमा अमरिका, अस्ट्रेलिया, रसिया, दक्षिण कोरिया, नेपाल लगायत विभिन्न राष्ट्रका प्रमुख ग्रान्ड मास्टर, मास्टर, अफिसियल तथा प्रशिक्षकहरुले नेपाली हाप्किडो खेलाडीहरुलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पोखराको रंगशालाको कर्मडहलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा हुने पहिलो अन्तर्राष्ट्रिय सेमिनारका २० देखि २५ देशका ग्रान्ड मास्टर, मास्टर, प्रशिक्षक तथा खेलाडीलगायत विभिन्न क्षेत्रका छ सय जनाको सहभागीतामा हुनेछ ।

नेपलको तर्फबाट संघका केन्द्रिय अध्यक्ष एंव प्रशिक्षक कालीबहादुर घर्तीमगरले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल आट्र्ससम्बन्धि विभिन्ना आत्मरक्षाका विभिन्न डेमो पनि प्रस्तुत हुने जानकारी संघ प्रशिक्षक एंव भक्तपुर मार्सल आट हाप्किडो संघका अध्यक्ष पद्मा खयरगोलीले बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्नेै उद्देश्यले यस नेपालको मार्सल आट्र्स हाप्किडोले अन्तर्राष्ट्रिय पहिचान, आत्मरक्षा, अनुशासन र खेलकुदलाई थप टेवा दिने लइा रहेको छ ।

सनु् २०१७ र १८ मा विभिन्न प्रादेशिक प्रतियोगिता, जिल्लास्तरिय प्रतियोगिता सम्पन्न गरेपछि हालै मात्र रोल्पामा पहिलने राष्ट्रिय शहीद स्मृती हाप्किडो प्रतियोगिता सम्पन्न भएको थियो । छोृटो समयमा नै विभिन्न खेलकुद गतिविधिका साथै प्राविधिक प्रशिक्षण पनि तयार गर्दै नेपालको ४० वटा जिल्लामा नियमित हाप्किडो खेल सम्बन्धि प्रशिक्षण पनि हुदै आएको छ ।

यसैवीच पहिलो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारलाई मध्यनजर राखी माघको पहिलो शनीवार र आइतबार पोखरामा ३५ जिल्लाका ६० जना प्रशिक्षकको सहभागीता मा दोस्रो हाप्किडो रेफ्री सेमीनार पनि सम्पन्न भएको छ । सो सेमिनारमा भक्तपुर मार्सल आट्र्स हाप्किडो संघबाट छ जना प्रशिक्षक तथा खेलाडीको सहभागीता रहेको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्