Logo

रेडक्रसलाई एक करोडको जग्गा



नेपालगञ्ज, माघ १० । नेपालगंजका व्यवसायी तथा समाजसेवी संजयकुमार जैनले रेडक्रस सोसाइटीको गनापुर उपशाखाको भवन निर्माणका लागी एक करोड मुल्य बराबरको जग्गा दान गरेका छन् । रेडक्रस उपशाखाको भवन निर्माणका लागी व्यवसायीले जैनले नेपालगंज उपमहानगरपालिकाका वडा न. २० मनिकापरमा रहेको उक्त मुल्यको डेढ कट्ठा जग्गा दान दिएका हुन् ।

मानविय सेवा प्रदान गर्दै आएको रेडक्रसको उपशाखाको भवन नहुँदा सेवा नै प्रभावित भइरहेको देखेर आफुले सो जग्गा दान गरकेो निर्वतमान अध्यक्ष रहनुभएका व्यवसाथी जैनले बताए । आफुले जग्गा दान गरेकोले अब स्थानिय, प्रदेश र सघिंय सरकारले भवन निर्माणमा सहयोग गर्नुपर्ने अपेक्षा गरे ।

जग्गा प्राप्त गरे लगतै सो जग्गामा भवन निर्माणका लागी नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख डा.राणा र जग्गा दाता जैनले संयुक्त रुपमा भवनको शिलन्यास गरेका थिए । सो अवसरमा डा. राणाले अब उपमहानगरपालिका, रेडक्रस र वडा कार्यालयले आ–आफ्नो क्षमता अनुसारको भवन निर्माणका लागी वजेट विनियोजन गर्ने बताए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्