Logo

उच्च रक्तचाप घटाउने सबैभन्दा राम्रो तरिका



उच्च रक्तचाप एक गम्भीर समस्या हो । आजभोली धेरै मानिसहरु जीवनशैलीले उच्च रक्तचापको शिकार भएका छन् । आजभन्दा २०–३० वर्षपहिला उच्च रक्तचाप लाई बुढ्यौली रोगको रुपमा मानिन्थ्यो । शरीर बुढो हु्दै जादाँ शरीरका मांशपेशीहरु कमजोर हुदै जान्छन् । आजभोली बच्चा र किशोरहरु पनि यसको शिकार भएका छन् । यसको कारण खाद्यप्रदार्थ, जंक फुड र प्याकीङ गरिएको खाना रहको छ । सम्पुर्ण खाद्य पर्दाथमा नुनीलो मात्रा धेरै रहेको छ । यो बाहेक तनावले पनि उच्च रक्तचाप बढाउने गर्छ ।

उच्च रक्तचापलाई खतरानाक समस्याको रुपमा लिन सकिन्छ । उच्च रक्तचाप बढ्दा रक्त कोषिकाहरु फुट्ने संभावना रहन्छ । रक्त कोषिकाहरु फुट्ने भएकाले अन्य अंगमा पनि असर गर्छ । रक्तचापको खतरा संवेदनशिलअंगमा धेर्रै हुने गर्छ । आँखा, मृगौला, मुटु, मस्तिष्क आदीमा यसले धेरै असर गर्नसक्छ ।
यसकारण हामीले आफ्नो रक्तचापको नियन्त्रण गर्नु पर्छ । उच्च रक्तचापको बजारमा विभिन्न औषधी आइसकेका छन् । र यसको प्रयोग नियमित गर्नुपर्छ । दैनिक औषधी सेवन गर्नाले शरीरको अंगमा निकै असर गर्ने हुनालेृ प्राकृतिक तरिकाले रक्तचाप कम गर्ने प्रयास गनुपर्ने हुन्छ ।

रक्तचाप कम गर्न सबैभन्दा सजिलो व्यायाम ह्यान्ड ग्रिप व्यायाम हो । यो व्यायाम शरीरलाई लचिलोपन बनाउन र औलाहरु बलियो बनाउन प्रयोग गरिन्छ । रक्तचाप घटाउनमा हातको व्यायाम निकै प्रभावकारी मानिन्छ । यो व्यायाम जुनसुकै उमेरका मानिसहरुले पनि प्रयोग गर्न सक्छन् ।
यो ह्यान्ड ग्रिपलाई दुवै हातले पालैपालो गरी समात्नु पर्छ । एउटा हातमा करिव २ मिनेट समाति राख्नु पर्छ । यसलाई एक पटक थिच्ने र छोड्ने गर्नुपर्छ ।
हातको व्यायामले रगत प्रवाह छिटो गराइदिने अनुसन्धानले बताएको छ । यसले हाम्रो शरीरमा रक्तचाप, मुटुको धड्कन र रक्तकोषिकाहरु नियन्त्रण गर्ने गर्छ ।
नोटः यदि तपाईले उच्च रक्तचापको औषधी सेवन गरिरहनुभएको छ भने व्यायाम गर्दा औषधी छाड्नु हँुदैन ।



प्रतिक्रिया दिनुहोस्