Logo

चार सचिवले अवकाश पाउँदै, गृह र अर्थ मन्त्रालयमा चलखेल



काठमाडौं, १० माघ । सरकार चार सचिवले अवकाश पाउन लागेपछि सरुवा र बढुवाका लागि दौडधुप सुरु भएको छ । अवकाशसँगै सचिवका लागि सबैभन्दा आकर्षक मन्त्रालय गृह र अर्थ पनि रिक्त हुँदैछ ।

यही माघ २२ गते अर्थसचिव राजन खनाल तथा गृहसचिव प्रेम कुमार राईले अवकाश पाउँदैछन् । दुवै मन्त्रालयमा सचिव बन्न दौडधुप सुरु भएको दुई महिना भइसकेको छ ।

गृह मन्त्रालयको सचिव बन्न महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपानेहरु दौडधुपमा छन् । गृह सचिव प्रहरीको बढुवा समितिमा हुने र सुराकी खर्च समेत पाउने भएकाले बढी दौडधुप हुने गरेको छ ।
अर्थ मन्त्रालयमा भने हालका राजस्व सचिव शिशिरकुमार ढुंगानाले नै जिम्मेवारी पाउने सम्भावना छ । राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याल दौडधूपमा छन् ।

सचिवद्वारा राई र खनालसँगै नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुर र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य पाँच वर्षे अवधि सकिएर सेवानिवृत्त हुने भएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर भने सेवानिवृत्त भइसकेका छन् । त्यसपछि सचिवका पाँच पद रिक्त हुँदैछन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्