Logo

चीनमा कोरोना भाइरसको संङ्क्रमण भयावह, शहरमा यातायात प्रतिबन्ध



बेइजिङ, माघ १० । कोरोना भाइरसका कारण चीनका शहरहरुमा विशेष सर्तकता अपनाइएको छ । बीबीसीको अनुसार कोरोना भाइरसको सङ्क्रमणसंगै सर्तकताको रुपमा राजधानी बेइजिङमा आयोजना गरिने तय भएका चीनिया नयाँ वर्षका धेरै कार्यक्रमहरु रद्द भएका छन् । यस्तै सिएनएनका अनु्सार कोरोना भाइरसको उद्गम स्थान मानिएको बुहान र छिमेकी हुआङग्याड शहरबाट आवतजावत हुने यातायातमा पुर्णरुपमा प्रतिबन्ध गरिएको छ ।

चीनमा कोरोना भाइरुसकमो सङ्क्रमणले भयावह रुपलिए संगै यसबाट संक्रमित बिरामीका सख्या ५७१ पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीले दिएका छन् । कोरोना भाइरस संक्रमणको सर्बैभन्दा बढि प्भावित मानिएको क्षेत्र चीनको हुवेइ हो । हुवेइ प्रान्तको बुहान शहरमा यस्को बढी प्रभाव देखिएको  र त्यहि बाट नै उत्पती भएकोले पशुवजारमा पनि कडा नियमन गरिएको छ । चीनका विभिन्न प्रान्तमा यो भाइरसको संक्रमण फैलिएकोछ । स्थानिय प्रशासनले जंगली जनावर र पशु बजारका क्षेत्रमा कडाइ गर्न निर्देशन दिएको हो । यसका साथै मानिसको बढी आवातजावत हुने विमानस्थान, बसपार्क र रेलमार्ग स्टेशनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिमकारीले बताएका छन् ।

हुवेइ प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्रीली वीनले कोरोना भाइरसबाट हुवेइ प्रान्तमा नै १७ जनाको ज्यान गएकोे जानकारी दिनुभएको छ । मृत्यु हुने मध्येको धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्तिरहेको पनि जनाइएको छ । यो संक्रमणको सख्यामा करिव पाँच हजार ९०० जनालाई उपचारर्थ भर्ना गरिएको थियो ।

यसबाट निकने भएर करिब एक अजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् । तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको बुहान जनसख्या झन्डै एक करोड रहेको छ । चीनको बुहानको जनसख्या झन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पती भएको सो क्षेत्रमा सरकारले बढी निगरानी गरीराखेको पनि बताइराखेको छ । बुधवार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका टन् । चीनको हुबेइबाट केही दिन अघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको लक्षण भेटिएको हो ।
त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जनाव्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहले बताएका छन् । दक्षिण कोरिया, ताइवान। हङकङ, मकाउ र थाइल्यान्डमा पनि यस संक्रमण भएका भेटिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्