Logo

आगो फुक्ने ढुङ्ग्रोले हानेर युवकको हत्या



धादिङ, माघ १० । धादिङ खनियाबास गाउँपालिकास्थित दार्खाको घ्याङ्साका आगो फुक्ने ढुङ्ग्रोले हानेर एक युवक सन्तबहादुर तामाङको मृत्यु भएको छ । घटनामा रविन तामाङ घाइते भएका छन् । घटनामा संलग्न नेत्रावती डब्जोङ–१ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
दार्खामा जारी अन्तर वडास्तरिय  फुटवल प्रतियोगिताको रेफ्रि समेत रहेका रोशन तामाङ र राम तामाङ दाजुभाई हुन् । बुधवार राती एक होटलमा खाजा खाइरहेको बेला विवाद हुदाँ उक्त घटना भएको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार फुटवल प्रतियोगितामा भएको विवाद पछि यो घटना भएको थियो ।-(गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्