Logo

युवा सम्मेलन सम्पन्न



काठमाडौ, १० माघ । उद्यमशिलताको प्रवद्र्धन, युवामा लगानी गरेर बेरोजगारी असमानाता बाट पिडित , अवसरबाट वञ्चित युवालाई रोजगारी दिनूपर्ने दश बुदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन समापन भएको छ ।

विद्यमान कुरति र कुसंस्कार अन्त्य गर्न यौन तथा प्रजनन स्वास्थ्य शिक्षा माध्यमिक विद्यालयमा अनिवार्य गरी युवा मैत्री स्वास्थ्य सेवा सर्वत्र उपलब्ध गराउनस पर्ने, युवालाई गुणस्तरीय प्राविधिक तथा सिपमुलक शिक्षाको आवश्यकता रहेकाले राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्ने, प्रत्येक प्राविधिक तथा सिपमुलक शिक्षालयमा आथिृक। सामाजिक तथा शैक्षिक रुपमा पछाडी पारीएका युवाका लागी निशुल्क अध्ययनकाने व्यवस्था गर्नुपर्ने मागसहित ललितपुरमा आयोजित दुर्य दिने युवा सम्मेलन सकिएको हो ।

महिला नेत्री एंव अधिकार कर्मीले लैंगिक समानता, महिला सशक्तिकरण र हिंसा न्युनिकरणका लागी सक्रिय रुपमा लाग्ने दोस्रो पुस्ता तयार हुन आह्वान गर्दै सो सम्मेलनको आयोजना गरिएको थियो ।
‘समानता पुस्ताः प्रविबद्ध युवा दस्ता’ नारासहित राष्ट्रिय युवा परिषद् सँगको सहकार्यमा साथी संस्था , जागृति बाल तथा  युवा रोकार नेपाल लगाएतका संस्थाले संयुक्त रुपमा राष्ट्रिय युवा सम्मेलनको आयोजना गरेका थियो ।



प्रतिक्रिया दिनुहोस्