Logo

नेविसंघको १२७ सदस्यीय तदर्थ समित बनाउने निर्णय



काठमाडौं, १० माघ । नेपाल विद्यार्थी संघको १२७ सदस्यीय तदर्थ समिति बनाउने सहमति बनेको छ । आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुसहितको बैठकले सहमति निकालेको हो ।

देउवा दिवास बुढानिलकण्ठमा बसेको बैठकले १२७ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरिएको केन्द्रीय सदस्य रमेश लेखकले रिपोर्टर्स नेपाललाई जानकारी गराए । तदर्थ समितिमा सबैलाई समेटेर लाने निर्णय भएको उनको भनाई छ ।

तदर्थ समितिमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सिफारिश गरेका नामहरु रहनेगरी सहमति बनाइएको हो । सहमतिपछि नेविसंघ तदर्थ समितिमा पदाधिकारी र सदस्य बन्नेको दौडधूप चलेको छ । नेविसंघ लामो समययता नेतृत्वविहिन छ ।



प्रतिक्रिया दिनुहोस्