Logo

नेपालमा पनि कोरोना भाइरस



काठमाडौं, १० माघ । नेपालमा पनि कोरोना भाइरसको संक्रमणमा परेका बिरामी भेटिएका छन् । आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो ।

चीनको युवान क्षेत्रबाट अध्ययन गरी फर्किएका एकजना व्यक्तिमा रोगको संक्रमण देखिएको हो । रोगको संक्रमणमा परेका व्यक्तिको रोग निदानका लागि हङकङस्थित डब्लुएचओ कोल्याबोरेटिङ सेन्टरमा स्याम्पल पठाइएकोमा पोजिटिभ रिपोर्ट आएको जनाइएको छ । संक्रमणलगत्तै स्वास्थ्य मन्त्रालयले रोगबारे चनाखो हुन आग्रह समेत गरेको छ ।

मन्त्रालयका अनुसार संक्रमित व्यक्तिको उपचार भई लक्षणविहिन भइसकेकोले चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ ।
रोग भित्रन नदिने त्रिभुवत विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर विदेशबाट फर्किएका शंकास्पद बिरामीको निगरानी भइरहेको उल्लेख छ । विमानस्थलमा चीनाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

के हो कोरोनाभाइरस
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस भाइरसको एउटा समूह हो जसले सामान्य रुघा लाग्ने देखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउनसक्छ । जवानरबाट मानिसमा यस्तो भाइरस सर्न सक्छ ।

मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम मेरस र सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रम सारस गरी दुई प्रकारको रोगको संक्रमण गराउन सक्छ ।
मेरस बिरालो जस्तै देखिने सिभेट क्याटबाट सर्ने विश्वास गरिएको छ । सारस ऊँटबाट मानिसबाट सर्ने विश्वास गरिएको छ । अन्य प्रकाशका कोरोनाभाइरस पनि जनावरहरुमा सर्ने गर्छ तर मानिसमा देखिएको छैन ।

७ जनवरीमा चीनमा पत्ता लागेको कोरोनाभाइरसको नाम २०१९ एनसीओभी नाम दिइएको छ ।

रोगको लक्षण
कोरोनाभाइरसको संक्रमणपछि मानिसमा श्वासप्रश्वासको समस्या देखिने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने हुन्छ । निमोनियाको संक्रमण भई श्वासप्रश्वासमा कठिनाई भई किड्नी बिग्रेर ज्यान जानसक्छ ।

कोरोनाभाइरसको भ्यासिन अहिलेसम् मबनेको छैन । यसबाट बच्न संक्रमितहरुबाट टाढा रहने नै विकल्प देखिन्छ । चीनले रोग संक्रमण देखिएका क्षेत्रका मानिसहरुलाई अत्यावश्यक काममा बाहेक यताउता नहिंड्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस्