Logo

२ वर्षभित्र भन्सार प्रणालीलाई ‘पेपरलेस’ बनाईने घोषणा



काठमाडौं, १० माघ । भन्सार विभागले आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाउने घोषणा गरेको छ । शुक्रबार विभागले ६८औँ अन्तर्रा्ष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जनाईएको हो ।

विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिने स्पष्ट पारे । भन्सार सुधार तथा आधुनिकीकरण गर्न त्यससम्बन्धी नीति, कानून बनाउन प्रक्रिया अगाडि बडाइएको जानकारी दिँदै उनले व्यापार सहजीकरणमा खास नीतिको सरलीकरण, एकीकरण र व्यापार प्रक्रियामा सुधार भइरहेको बताए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्