Logo

विश्वका नौं देशमा कोरोना भाइरसको संक्रमण, ४१ को मृत्यु



काठमाडौं, ११ माघ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ४१ पुगेको छ । मर्नेहरु सबै चिनियाँ नागरिक छन् ।

चीनमात्र कोरोना भाइरसको संक्रमणमा १२८७ मानिस परेको सूची तयार भइसकेको छ । विश्वभर १३ सय मानिसमा यो संक्रमणमा परेका छन् ।
कोरोना भाइरसको संक्रमण देखिएको देशहरुमा नेपालसहित चीन, थाइल्याण्ड, भियतनाम, सिंगापुर, जापान, दक्षिण कोरिया, ताइवान, फ्रान्स र संयुक्त राज्य अमेरिका छन् । चीनको वुआन प्रान्तमा शुरुमा देखिएको भाइरस विश्वका नौ देशमा देखिएको छ ।

नेपालमा शुक्रबार कोरोना भाइरसका विरामी देखिएको जानकारी दिइएको हो । चीनको वुआन प्रान्तबाट आएका एकजना विद्यार्थीमा यो रोगको संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्