Logo

बाहिर निस्कदै हुनुहुन्छ ? यस्तो छ आजको मौसम



काठमाडौं, माघ ११ । पश्चिमी वायुको प्रभावले केहि दिन बदलिएको देशभरको मौसममा आजबाट क्रमिक सुधार हुने देखिएको छ । आज देशका केही स्थानमा आंशिक बदली भए पनि दिनभर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम तराई लगायत पूर्व र मध्य तराईका केही स्थानहरुमा हुस्सु–कुहिरो आजपनि जारी रहने छ भने पूर्वी तथा पश्चिम पहाडी भूभागका केही स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्