Logo

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरको मृत्यु



काठमाडौं, माघ ११ । चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुगेको समाचार सार्वजनिक भईरहदा संक्रमणबाट मत्युहुने एक जना डाक्टर पनि रहेका छन् । मृतक संक्रमितको उपचारमा खटिएका डाक्टर मध्येका एकहुन् ।

चिनियाँ सञ्चार माध्यमका अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

भाइरसबाट सक्रमित प्रान्तमा प्रकोप नियन्त्रणका लागि १० दिन भित्र विशेष अस्पताल बनाउन त्यहाँको प्रसासनले निर्देशन दिईसकेको छ । तीन हजार शैयाको उक्त अस्पाताल भाइरस नियन्त्रणकालागि विशेष हुने मानिएको छ ।

हाल प्रकोप विश्वका विभिन्न देशमा समेत फैलिएको प्रमाणित भईसकेको छ । नेपालमा एकजनामा सक्रमण भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्