Logo

कोरोना भाइरसबाट कसरी जोगिने? यस्ता छन लक्षण र रोकथामका उपाए



काठमाडौ,माघ ११ । गत डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको प्रकोप चीनका तीन शहरसहित विश्वका कतिपय देशहरुमा समेत भेटिएको छ । भाइरसबाट चीनमा ४१ जनाको मृत्युभएको समाचार सार्वजनिक भएका छन् । आम मानिषमा रोग र रोगप्रतिको सावधानी बढिरहेको छ । नेपालमा समेत रोगबाट ग्रस्त विमारी भेटिएपछि सावधानी अपनाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपालमा पनि यो भाइरस देखिएको बताएपछि रोग र रोगको लक्षणको बारेमा आम नागरिकले जानकारी लिन खोजिरहेको छन् । रोगको प्रकोपबारे जानकारी दिन रिपोटर्स क्लब नेपालले शनिबार विशेष कार्यक्रमको आयोजना गर्देछ ।पशुबाट पशुमा सर्ने यो भाइरस हाल मानिसबाट मानिसमा समेत सरेको पाइएको छ ।

यो भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ ।

कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई साताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककहाँ जानपनि डाक्टरहरुको सल्लाह रहेको छ । साथै, नियमित सरसफाईमा ध्यान दिन समेत उपयुक्त हुने डाक्टरहरुको सुझाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्