Logo

प्रचण्डले पूजीँपतिहरुलाई यसरी सम्झिए, क्रान्ति सम्पन्न गर्न साथ पाएको भनाई



काठमाडौं, ११ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको क्रान्तिलाई समाजवादी क्रान्तिको रुपमा बुझ्नपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा ‘जनताको जनवादका आधारहरु’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

विचार र राजनीतिक कार्य्दिशा स्पष्ट नभएमा पार्टीले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने उनको धारणा थियो । ‘हामीले नेपालमा सामान्तवाद र निरकुंशतन्त्रको विरुद्धमा जुन क्रान्ति गर्याै, त्यो न पूरानो खालको पूजीँपतिहरुले गरेको क्रान्तिजस्तो भयो, न चीन भियतनाम जस्तो क्रान्तिजस्तो भयो, यो आफ्नै खालको भयो । बुझ्नपर्ने खालको भयो, ’ उनले भने ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा भएको क्रान्तिमा पूजीँपति वर्गहरुलाई पनि सहभागि गराएर क्रान्ति सम्पन्न भएको बताए । ‘बुझ्नुपर्ने चूरो कुरो यहाँ छ, कम्युनिष्ट पार्टीको नेतृत्व पनि छ, तर कम्युनिष्ट पार्टीको सहभागिताले मात्र यो सम्भव भएको होइन् । यहाँ पूँजीपतिहरुको पनि साथ लिएर, पूजीँपतिवर्गको राजनीतिक सहकर्मीहरुलाई पनि साथ लिएर यो क्रान्ति सम्पन्न भयो,’ उनले भने । ‘जनताको जनवादका आधारहरू’ पुस्तकले क्रान्तिका सबै विषयहरुलाई सहज ढंगबाट बुझ्न सहयोग गर्ने उनको भनाई छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्