Logo

ए डिभिजन लिग : एनआरटीसँग बराबरीमा रोकियो आर्मी



काठमाडौं, ११ माघ । काठमाडौंमा जारी सहिद स्मारक एु डिभिजन लिग फुटबलको आठौं चरणको खेलमा शीर्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनआरटीसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) अपरान्ह भएको खेलमा आर्मी जीत निकाल्न चुकेको हो । १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको आर्मीले महत्पुर्ण तीन अंक ल्याउन चुकेको छ ।

खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ । आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ । file photo



प्रतिक्रिया दिनुहोस्