Logo

केकी अधिकारी अब भोजपुरीमा पनि, पूर्वमन्त्री प्रभु साहको परिकल्पना (भिडियोसहित)



काठमाडौं, ११ माघ । नेपाली सिने जगतकी चर्चित नायिका तथा निर्मात्री केकी अधिकारी भोजपुरी भाषाकी लोकप्रिय गायिका इन्दु सोनालीको स्वर रहेको गीत ‘हमनिके भागिया’को म्युजिक भिडियोमा देखा परेकी छिन् । हालै सार्वजनिक भएको उक्त भिडियोमा केकीलाई गृहणीको रुपमा देख्न सकिन्छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका सोनाली नेपाल भारत दुवैतर्फ परिचित गायिका हुन्।

गीतमा उपेन्द्र सहानीको शब्द, शिखर सन्तोषको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई आलोक शुक्लाले छायांकन र सम्पादन भरत रेग्मीले गरेका हुन् भने पूर्णेन्द्रु झाले निर्देशन गरेका छन्। भिडियोमा केकी अधिकारीको श्रीमानको रुपमा विजय यादव निर्विजको अभिनय रहेको छ। गीतको परिकल्पनाकार प्रभु साह हुन् ।

साह सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । उनी पूर्वमन्त्रीसमेत हुन् । यो म्युजिक भिडियोलाई उनकै नाममा रहेको युट्युव च्यानलमार्फत बाहिर ल्याईएको छ । उनी भोजपुरी गीत समेत लेख्नछन् ।



प्रतिक्रिया दिनुहोस्