Logo

मुख्यमन्त्री गुरुङको दाबी : गण्डकी प्रदेश पर्यटकीय ‘हव’ बन्दैछ



पोखरा, ११ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताएका छन् । लमजुङ बेँसीशहर नगरपालिका–१० खासुर सामुदायिक घरवास उद्घाटन कार्यक्रममा उनले जातजाति, भाषा, संस्कार संस्कृति विश्वमै नेपाल रहेको र यसमध्ये पनि गण्डकी प्रदेश रहेको बताएका हुन् ।

राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको बताउँदै उनले भने,“सांस्कृतिक निर्माण र भाषाको विकास गर्नमा गण्डकी प्रदेशसम्पन्न छ ।” प्रकृति र संस्कृतिको अनुपम सङ्गम ईश्वरको वरदानका रुपमा रहेको गण्डकी प्रदेशलाई विकास गर्नका लागि प्रदेश सरकार अघि बढेको उनले बताए। मुख्यमन्त्री गुरुङले भने,“प्रदेशका घरवासले भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागिसमेत मद्दत पुगेको छ ।”

यस खासुर गाउँमा १० घरवास सञ्चानमा रहेका छन् । यहाँ करिब ८० जना पर्यटकको क्षमताको रहेको घरवास सञ्चालक दूधप्रसाद घलेले बताए। उनका अनुसार यस गाउँमा १५३ वटा घरधुरी छन् । यहाँ गुरुङ, मगर, तामाङ, दलित, भुजेल समुदायको बसोबास छ । नौ गुरुङ र एक दलित समुदायको घरवास छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाललगायत विभिन्न रमणीयस्थल देख्न सकिन्छ । यस घरवासमा आएका पर्यटकलाई गुरुङ समुदायको कृष्ण चरित्र, झ्याउरे, घाँटुलगायत नृत्य प्रस्तुत गरिन्छ । file photo



प्रतिक्रिया दिनुहोस्