Logo

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँको संख्यामा गिरावट



माघ ११, काठमाण्डौ । चिनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा परेको छ । भाइरस संक्रमणको प्रभाव एक जनामा मात्रै परे पनि चिनबाट नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा गिरावट आएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलअन्तरगतको अध्यागमन विभागका कर्मचारीले दिएको जानकारी अनुसार पछिल्लो दिनमा चिनियाँ नागरिक नेपाल आउने क्रममा उल्लेख्य गिरावट आएको हो ।

विभागका एक कर्मचारीले दिएको जानकारीअनुसार चिनियाँ नागरिकको नेपाल आगमनमा गिरावट आउनुको कारण चिनमा फैलिएको नोबल कोरोना भाइरस हो ।

उक्त भाइरसका कारण अहिलेसम्म चिनमा करिब ४० जनाको मृत्यु भइसकेको जनाइएको छ । नेपाल सरकारले चिनबाट आउने नागरिकबाट कोरोना नभित्रियोस भनेर स्वस्थ्य परीक्षण हेप्ल डेस्क राख्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्