Logo

नेपालको विश्वविद्यालय शिक्षाको गुणस्तर खस्कियो : पूर्व राष्ट्रपति यादव



काठमाडौं, ११ माघ । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अबको युग प्राविधिक शिक्षाको युग भएको बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा आजबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन् । उनले प्राविधिक शिक्षा र सीपले मात्रै रोजगारी वृद्धि गर्ने बताए ।

सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उनले शिक्षा गुणस्तरीय बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। कूल ८० प्रतिशतभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालय तथा कलेजमा पढ्ने भए पनि ८५ प्रतिशत सामुदायिक विद्यालय तथा कलेजको शिक्षाको गुणस्तर राम्रो नभएको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले किसान तथा मजदुरका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको शिक्षाको सुधारबिना देश विकास नहुनेपनि उनले ठोकुवा गरे । नेपालको विश्वविद्यालयको शिक्षाको गुणस्तरसमेत निकै खस्किएको यादवको गुनासो छ । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्