Logo

गोकर्ण-यति प्रकरणमा गगन थापा आक्रामक, गरे संसदको ध्यानाकर्षण (पत्रसहित)



काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले गगोकर्ण(यति प्रकरणमा संसदको ध्यानाकार्षण गराएका छन् । उनले बदनियतका साथ नेपाल ट्रष्ट ऐन बदलेर प्रचलित कानून समेत नजरअन्दाज गरी गरेको निर्णयलाई सरकारले कानून बमोजिम भनिरहँदा संसद समेत जोडिएको उल्लेख गरेका छन् । आज साँझ आफ्नो फेशबुक पेजमा संसदीय समितिमा बुझाएको पत्र सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका छन् ।

उनले पत्र सार्वजनिक गर्दै स्टाटसमा लेखेका छन्,”संसदले सरकारले जस्तै बदनियतका साथ ऐन संसोधन गरेको थियो वा संसदलाई सरकारले झुक्काएको थियोरुयसवारे संसदले प्रष्ट गर्नुपर्दछ।‪संसद र संसदीय समितिको गरिमा तथा संसदप्रतिको जनविश्वाससंग समेत जोडिएकोले यति प्रकरणमा अविलम्ब छलफल गर्न,समितिको धारणा सार्वजनिक गर्न र सरकारलाई आवश्यक निर्देशन दिन संसदको कानून,न्याय तथा मानवअधिकार समितिमा ध्यानाकर्षण पत्र पेश गरेको छु।विश्वास छ,समितिले आवश्यक पहलकदमी लिनेछ।‬”



प्रतिक्रिया दिनुहोस्